आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षाको सम्भावना
काठमाडौं : नेपालमा हाल पश्चिमी वायुको प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिमसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बदली रहेको छ।
सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।
महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ। साथै, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने जनाइएको छ।
यस्तै, आज राति पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मौसम आंशिक बदली हुनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का हिमपात वा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
माघ १०, २०८२ शनिबार ०७:२४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।