अभिनेता अर्पण थापाको रोजाइमा विद्युतीय गाडी ‘आयन भी’

अभिनेता अर्पण थापाको रोजाइमा विद्युतीय गाडी ‘आयन भी’

काठमाडौं : अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले विद्युतीय गाडी (ईभी) ‘आयन भी’ किनेका छन्। जीवनशैलीलाई सहज बनाउन उनले अत्याधुनिक प्रविधि, आरामदायी सुविधा र आकर्षक डिजाइन भएको 'आयन भी' लिएका हुन्।

आयन भीमा ७५.२६ किलोवाट-आवर क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जसले एक पटकको फुल चार्जमा ६५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। लामो दूरीको यात्रा र सहरी आवागमनका लागि उपयोगी मानिने यस गाडीमा ८-पोइन्ट मसाज सिट, इनबिल्ट रेफ्रिजिरेटर र वार्मर जस्ता सुविधाहरू समावेश छन्।

चलचित्र छायांकनदेखि व्यक्तिगत यात्रासम्मका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको ईभीले विलासिता, नवीन प्रविधि र दिगोपनलाई जोड दिएको छ। आधुनिक फिचर्स र आकर्षक डिजाइनका कारण यो गाडी पछिल्लो समय प्रविधिप्रेमी प्रयोगकर्ताहरूको रोजाइमा पर्न थालेको कम्पनीको दाबी छ। 

माघ ९, २०८२ शुक्रबार १२:५२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।