एक तोला सुनको मूल्य तीन लाखमाथि
काठमाडौं : स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुन नौ हजार २०० र चाँदी ३२० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल छ हजार १९० कायम भएको छ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल पाँच हजार ९२० कायम भएको थियो। मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल पाँच हजार ८८० कायम भएको थियो।
गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ मा कारोबार भएको थियो। सोमबार एक तोला सुन दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
माघ ९, २०८२ शुक्रबार ११:५६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।