कांग्रेस मुख्यसचिव पौडेलले दिए पदबाट राजीनामा
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रियसभा सदस्यसमेत रहेका उनले बिहीबार पदबाट राजीनामा दिएको पार्टी कार्यालयले जनाएको छ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि पौडेलले मुख्यसचिव पदबाट राजीनामा दिएको बताइएको छ।
तत्कालीन महामन्त्री गगनकुमार थापाको सभापतित्वमा यही माघ १ गते नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको थियो। उक्त कार्यसमितिको बैठक पहिलो पटक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।
माघ ८, २०८२ बिहीबार १९:०९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।