सरकारको प्रवक्ता गृहमन्त्री अर्याल
काठमाडौं : सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ता तोकेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि प्रवक्ताको पद खाली थियो।
बैठकपछि गृहमन्त्री अर्यालले अर्थ मन्त्रालय अन्तर्गतको सिद्धार्थ राजमार्ग बुटवल-पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए।
त्यसैगरी दोस्रो निर्णय गृह मन्त्रालय अन्तर्गत रहेको जाँचबुझ आयोगसँग सम्बन्धित छ। २०८२ भदौमा गठित उक्त आयोगको कार्य म्याद २० दिन थप गर्ने निर्णय गरिएको छ।
माघ ८, २०८२ बिहीबार १८:०१:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।