मेट्रो मार्केटमा आइएमएस सफ्टवेयरको ईआरपी सञ्चालनमा

मेट्रो मार्केटमा आइएमएस सफ्टवेयरको ईआरपी सञ्चालनमा

काठमाडौं : आइएमएस सफ्टवेयरले मेट्रो मार्केटमा आफ्नो ईआरपी प्रणाली सञ्चालनमा ल्याएको छ। नेपाली रिटेल क्षेत्रमा स्वदेशी डिजिटल समाधानको प्रयोग बढाउने उद्देश्यका साथ यो प्रणाली सञ्चालनमा ल्याएको हो।

ईआरपी प्रणालीको प्रयोगबाट मेट्रो मार्केटमा द्रुत चेकआउट, सटीक बिलिङ र पारदर्शी भ्याट विवरण सुनिश्चित हुने कम्पनीको दाबी छ। यसले काउन्टरमा उपभोक्ताले कुर्नुपर्ने समय घटाउनुका साथै व्यावसायिक कारोबारमा पारदर्शिता र विश्वास बढाउने विश्वास लिइएको छ।

साथै, स्टोरको मौज्दात (Inventory) व्यवस्थापन र दैनिक कार्य प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुर्याउने छ। दुई दशकभन्दा लामो अनुभव भएको आइएमएस सफ्टवेयरले नेपाली बजारको आवश्यकता अनुरूप विकास गरेको यो प्रविधिले नेपालको कर र नियामक प्रावधानहरूको पालनालाई समेत सहज बनाउने दाबी गरिएको छ।

माघ ८, २०८२ बिहीबार १४:४५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।