इलामको देउमाईमा अटो दुर्घटना, १८ वर्षीय किशोरको मृत्यु
इलाम : इलामको देउमाई नगरपालिकामा आज बिहान अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जितपुरबाट मङ्गलबारेतर्फ जाँदै गरेको अटो देउमाई नगरपालिका-३ स्थित पानीटार चियाबारी नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा देउमाई नगरपालिका-५, धुसेनीका १८ वर्षीय युनिश लुइँटेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका लुइँटेलको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
माघ ८, २०८२ बिहीबार १०:०२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।