राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीलाई राजनीति गर्न र सामाजिक सञ्जालमा लेख्न रोक

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीलाई राजनीति गर्न र सामाजिक सञ्जालमा लेख्न रोक

घोराही : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई मध्यनजर गर्दै आफ्ना पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूलाई कडा निर्देशन जारी गरेको छ।

प्रतिष्ठानका निमित्त उपकुलपतिद्वारा जारी सर्कुलरमा​​​​​​​ कुनै पनि राजनीतिक दल वा उम्मेदवारको समर्थन वा विरोधमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अभिव्यक्ति दिन नपाइने उल्लेख छ।

यसो गरेमा प्रतिष्ठानको नियमावली, २०७८ बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन, उम्मेदवार बन्न, प्रचारप्रसार गर्न, भाषण गर्न वा मत माग्न नपाउने गरी निर्देशन जारी गरिए पनि प्रचलित कानुन बमोजिम मतदान गर्ने अधिकार भने सुरक्षित रहने सर्कुलर उल्लेख छ।

यस्तै प्रतिष्ठानले आकस्मिक कक्षलाई पूर्ण तयारी अवस्थामा राख्न र नियमित कार्यमा असर नपर्ने गरी मात्र बिदाको व्यवस्थापन गर्न निर्देशन दिएको छ भने कुनै पनि कर्मचारीले अन्य सहकर्मीलाई राजनीतिक प्रभाव पार्ने वा पार्न खोज्ने कार्य गर्न नहुने स्पष्ट पारिएको छ।

​​​​​​​

माघ ८, २०८२ बिहीबार ०८:५९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।