भावनात्मक सम्बन्धले भरिएको ‘आ बाट आमा’को ट्रेलर

भावनात्मक सम्बन्धले भरिएको ‘आ बाट आमा’को ट्रेलर

काठमाडौं : माघ १६ मा रिलिज हुन लागेको फिल्म ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक भएको छ। नेपालमा कुनै अवसर नपाएपछि भविष्य बनाउन परदेशिन लागेको छोरा र अभिभावकले सन्तानप्रति गरेको मायालाई पर्दामा उतारिएको छ।

आमाको भूमिकामा बिपना थापा छिन् भने भारतका वरिष्ठ कलाकार प्रदीप रावत बुबा बनेका छन्। छोराको भूमिकामा पल शाह छन्। ट्रेलरमा उनीहरुबीचको गहिरो सम्बन्धलाई महत्त्व दिइएको छ।

ग्रामीण परिवेशका आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर फिल्मका निर्देशक चन्द्र पन्तले कथा बुनेका छन्।ट्रेलरमा फिल्मका सबै मुख्य कलाकारलाई देख्न सकिन्छ।

निर्देशक चन्द्र पन्तकै लेखन तथा पटकथा रहेको यस फिल्ममा बिपना थापा, पल शाह, प्रदीप रावत,विशाल पहाडी,रवीन्द्र झा,साईग्रेस पोखरेल,सिम्रन पन्त,गजित विष्ट,हेमराज अधिकारी (खनत्या खलास),उषा उप्रेती,दिलीप अखेडा लगायतले अभिनय गरेका छन्।

ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता रहेको यस फिल्ममा कार्यकारी निर्माता कृष्णप्रसाद सुवेदी र ओमकार पन्त हुन्।
 

माघ ७, २०८२ बुधबार २३:२०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।