अमेरिकाबाट ९० नेपाली डिपोर्ट, ट्रम्प प्रशासने पठाइसक्यो चार सय जना
काठमाडौं : अमेरिकाबाट ९० जना नेपाली नागरिक डिपोर्ट भएर नेपाल आएका छन्। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको बताए।
अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौँ ल्याएर छाडेको हो। विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४ सय भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताए।
डिपोर्ट हुनेहरू कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लङ्घन गरेकालगायत रहेको विभागले जनाएको छ। उनीहरूमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ।
माघ ७, २०८२ बुधबार २०:५७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।