घोषणा पत्रमा निजी क्षेत्रको अजेण्डालाई प्राथमिकता दिन अध्यक्ष ढकालको आग्रह
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका अजेण्डालाई प्राथमिकता दिन आग्रह गरेका छन्।
नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको उद्घाटन गर्दै उनले मुलुक निर्वाचनमय भएको र सबै राजनीतिक दल यतिबेला चुनावी घोषणापत्र लेख्ने तयारीमा रहेकाले निजी क्षेत्रको प्राथमिकताका विषय समेट्न आग्रह गरे।
“मुलुकको अर्थतन्त्रको विकास सबै दलको साझा अजेण्डा बन्नुपर्छ र त्यसका लागि निजी क्षेत्रका अजेण्डालाई दलहरूले आफ्ना चुनावी घोषणापत्रमा प्राथमिकताका साथ राख्नुपर्छ” उनले भने।
ढकालले देशमा जुनसुकै राजनीतिक दलको सरकार आए पनि अर्थतन्त्र सबैको साझा अजेन्डा बन्नुपर्ने र निजी क्षेत्रसँगको सहकार्यलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिए।
माघ ७, २०८२ बुधबार २०:५०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।