‘सेन्टी भाइरस’ र ‘डेसान’ सहित ३ नेपाली चलचित्र अब ‘डिशहोम गो’मा उपलब्ध
काठमाडौं : डिशहोमको ओटीटी प्लेटफर्म ‘डिशहोम गो’ले आफ्ना ग्राहकहरूका लागि तीनवटा नयाँ नेपाली चलचित्र उपलब्ध गराएको छ।
एपमा फिचर फिल्महरू ‘सेन्टी भाइरस’, ‘डेसान’ र सर्ट फिल्म ‘दुई चार दिन’ सार्वजनिक गरिएको हो।
‘सेन्टी भाइरस’ चुनावी माहोल, राजनीतिक दाउपेच र हास्य रसले भरिएको मनोरञ्जनात्मक चलचित्र हो ‘डेसान’ले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा पार्ने नकारात्मक असरलाई चित्रण गरिएको सामाजिक कथा बोकेको छ।
यस्तै ‘दुई चार दिन’ भिनेस राज मौर्य निर्देशित सर्ट फिल्म हो।
हलमा हेर्न छुटाएका दर्शकले ‘पे पर भ्यु’ मार्फत यी चलचित्र हेर्न सक्नेछन्।
राम्रा नेपाली सर्ट फिल्महरूलाई दर्शकमाझ सहज रूपमा पुर्याउने उद्देश्यले डिशहोम गो ले सर्ट फिल्महरूलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।
माघ ७, २०८२ बुधबार १२:००:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।