रास्वपासँगको एकता भाँडिएपछि एक्लै चुनावी मैदानमा ‘उज्यालो नेपाल’, यी हुन् ९० उम्मेदवार (सूचीसहित)
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरणको गरेर पनि अलग भएको ‘उज्यालो नेपाल पार्टी’ आसन्न प्रतिनिधिसभा निर्वाचनमा एक्लै उठ्ने भएको छ।
पार्टीले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा देशभरका ९० निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। अध्यक्ष घिसिङ स्वयं काठमाडौं क्षेत्र नं ३ बाट चुनावी मैदानमा उत्रिएका छन् भने पार्टीले काठमाडौं उपत्यकाका १५ वटै क्षेत्रसहित प्रमुख शहरहरूमा उम्मेदवार खडा गरेको छ।
‘उज्यालो नेपाल पार्टी’को उदय मूलतः कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणमा रहँदा लोडसेडिङ अन्त्य गर्न खेलेको भूमिका र उनको लोकप्रियतासँग जोडिएको छ।
सुरुवाती चरणमा सामाजिक अभियानका रूपमा रहेका समर्थकहरूले पछि यसलाई राजनीतिक दलको स्वरूप दिएका हुन्। निर्वाचन आयोगमा दर्ता भएको यो दलले आफ्नो चुनाव चिन्ह ‘बिजुलीको चिम’ राखेको छ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकीकरण वा चुनावी कार्यगत एकता गर्ने विषयमा पटक-पटक गम्भीर छलफल भयो। एकता पनि भयो तर १२ दिनमै भाँडियो।
रास्वपासँगको सहकार्य नजुटेपछि उज्यालो नेपाल पार्टीले यसपटकको निर्वाचनमा ९० सिटमा उम्मेदवारी दिएर पार्टीले आफूलाई वैकल्पिक शक्तिका रूपमा उभ्याउन खोजेको छ। अध्यक्ष घिसिङको ‘ट्र्याक रेकर्ड’ र लोकप्रियतालाई क्यास गर्दै पार्टीले विकास र सुशासनलाई मुख्य चुनावी एजेन्डा बनाएको छ।
पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फको चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पार्टीले काठमाडौँ उपत्यकाका (काठमाडौँ, भक्तपुर र ललितपुर) सबै १५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ।
उज्यालो नेपालका उम्मेदवारहरूको पूर्ण सूची:
काठमाडौँ उपत्यका
काठमाडौँ १: मंग लाल श्रेष्ठ
काठमाडौँ २: पवन पोखरेल
काठमाडौँ ३: कुलमान घिसिङ
काठमाडौँ ४: झनक बहादुर अधिकारी
काठमाडौँ ५: श्रीराम गुरुङ
काठमाडौँ ६: वारिस धरेल
काठमाडौँ ७: बिमला लामा
काठमाडौँ ८: राजन खड्गी
काठमाडौँ ९: रामेश्वर श्रेष्ठ
काठमाडौँ १०: डा. राकेश न्यौपाने
भक्तपुर १: रमेश बल्ल
भक्तपुर २: जितराम लामा
ललितपुर १: पासाङ तामाङ
ललितपुर २: राजाराम तण्डुकार
ललितपुर ३: डा. आशुतोष विजय पन्त
कोशी प्रदेश
ताप्लेजुङ: कृतिमान मादेन
पाँचथर: टेक बहादुर सुब्बा
इलाम १: हरि बहादुर गुरुङ
इलाम २: दिवश राई
झापा १: नरेश लावती
झापा २: चुडा कर्ण बेघा लिम्बु
झापा ३: श्याम कृष्ण पाठक
झापा ४: सन्तोष तामाङ
झापा ५: सबिन राई
संखुवासभा: घनश्याम राई
तेह्रथुम: उषा तुम्बाहाम्फे
धनकुटा: शालिक राम राई
भोजपुर: जितन राई
सोलुखुम्बु: पेम्बा छिरि शेर्पा
ओखलढुंगा: किशोरी कार्की
खोटाङ: मिरेश राई
उदयपुर १: अर्जुन तामाङ
उदयपुर २: अरुण राई
सुनसरी १: डम्बर लावती
सुनसरी २: गोपाल तामाङ
सुनसरी ३: जागेश्वर यादव
सुनसरी ४: बच्चा लाल यादव
मोरङ १: दुर्गा माया तामाङ
मोरङ २: धनबहादुर सुनुवार
मोरङ ३: मित्रसेन योञ्जन
मोरङ ४: बिनोद परियार
मोरङ ६: बसन्त बुढाथोकी
बागमती प्रदेश (उपत्यका बाहिर)
काभ्रेपलाञ्चोक १: योगेन्द्र लामा
काभ्रेपलाञ्चोक २: ज्योत्सना सैंजु
रसुवा: मान बहादुर तामाङ
नुवाकोट १: अमित तामाङ
नुवाकोट २: ज्ञानेन्द्र प्रकाश घले
धादिङ १: श्याम राजा पाण्डे
धादिङ २: अमिर तामाङ
रामेछाप: दिप बहादुर योञ्जन
सिन्धुली १: मोती लाल तामाङ
मकवानपुर १: सुरेन्द्र लामा
मकवानपुर २: डा. प्रविन कुमार स्याङतान
चितवन १: धन बहादुर गुरुङ
चितवन २: नि कुमार पाख्रिन
चितवन ३: डम्बर बहादुर तामाङ
गण्डकी प्रदेश
गोरखा १: राम काजी राना
गोरखा २: बलराम तामाङ
तनहुँ १: मन्जिल राना
तनहुँ २: मनराज गुरुङ
कास्की १: मनिषा द्वा
कास्की २: कुशल गुरुङ
कास्की ३: तर्क बहादुर गुरुङ
स्याङ्जा १: रबिन्द्र मल्ल
मुस्ताङ: डा. सुरेन्द्र शेरचन
पर्वत: नविन पुन
नवलपुर १: पार्वती गुरुङ
लुम्बिनी प्रदेश
नवलपरासी १: बिजय कँडेल
रुपन्देही १: अशोक कुमार चौधरी
रुपन्देही ३: डा. सरोज सिं थारु
रुपन्देही ५: केशव भट्टराई
गुल्मी २: कर्ण बहादुर थापा
दाङ १: रञ्जित चौधरी
बाँके १: धन बहादुर खड्का
बाँके २: शैलेश कर्ण
बर्दिया १: श्याम प्रसाद चौधरी
बर्दिया २: धर्म चौधरी
कर्णाली प्रदेश
डोल्पा: दिल बहादुर बिष्ट
जाजरकोट: कर्ण नेपाली
दैलेख २: लोकेन्द्र अधिकारी
रुकुम (पश्चिम): नरेन्द्र के.सी.
सुर्खेत १: ठम्मर बहादुर बिष्ट
सुर्खेत २: गम्भिर सिं भुल
सुदूरपश्चिम प्रदेश
अछाम १: जित निसानी
अछाम २: राजेश रावल
डोटी: काशी बोहरा
कैलाली १: प्रदिप चौधरी
कैलाली ४: सुवास कुँवर
कैलाली ५: चन्द्र साउद
कञ्चनपुर १: माइकल तामाङ
कञ्चनपुर २: योगेन्द्र बहादुर साउद
कञ्चनपुर ३: भिम कुमाल
माघ ७, २०८२ बुधबार ११:२०:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।