तराईमा हुस्सु, कोशी र गण्डकीका उच्च भेगमा आंशिक बदली

तराईमा हुस्सु, कोशी र गण्डकीका उच्च भेगमा आंशिक बदली

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिन अनुसार, पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा मौसममा सामान्य परिवर्तन देखिनेछ।

महाशाखाका अनुसार आज दिउँसो तराईका भू-भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

यस्तै, कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ। यी क्षेत्र बाहेक देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

आज राति पनि मौसमको अवस्था दिउँसो जस्तै रहनेछ। तराईका केही स्थानहरूमा हुस्सु लाग्ने क्रम जारी रहनेछ।

साथै, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

माघ ७, २०८२ बुधबार ०८:२०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।