उम्मेदवारी दर्ता शान्तिपूर्ण (तस्बिरहरू)

उम्मेदवारी दर्ता शान्तिपूर्ण (तस्बिरहरू)
तस्बिर : रासस

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शान्तिपूर्ण तरिकाले मनोनयन दर्ता भएको छ।

निर्वाचन आयोगले तोकेका विभिन्न निर्वाचन अधिकृतको कार्यालयहरूमा शान्तपूर्ण रुपमा मनोनयन दर्ता भएको हो।

यसपालि निर्वाचनमा चार जना पूर्वप्रधानमन्त्रीले मनोनयन दर्ता गराउँदा शेरबहादुर देउवाले भने निर्वाचनमा भाग लिएनन्।

मंगलबार देशभकरका विभिन्न स्थानमा रहेका मतदान अधिकृतको कार्यालयमा भएको मनोनयन दर्ताको तस्बिर राससको क्यामेरामा कैद भएको छ।

हेरौं तस्बिर:

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मङ्गलबार झापाको दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आसन्न प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि उम्मेदवारी दर्ता गराउनुहुँदै । तस्बिरः राजकुमार ओली/रासस

मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पूर्वमा  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न आउनुभएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः सर्जना कार्की/रासस

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मङ्गलबार झापाको दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गर्न जाने क्रममा । तस्बिरः यज्ञराज आङदेम्बे/रासस

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मोरङ क्षेत्र नं ६ बाट उम्मेदवारी दर्ता गराउने क्रममा नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइराला  । तस्बिर : मनोज दाहाल/रासस

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार रुकुम पश्चिम मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराउने क्रममा प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का  उम्मेदवार जनार्दन शर्मा। तस्बिर : बलबहादुर ओली/रासस

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा दाङ निर्वाचन क्षेत्र नम्बर २  बाट उम्मेदवारी दर्ता गराउने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बिपिनकुमार आचार्य । तस्बिर : रञ्जिता अधिकारी/रासस

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा इलाम क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा (एमाले)का नेता सुहाङ नेम्बाङ । तस्बिर : रामकुमार लिम्बू/रासस

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार  चितवन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालयमा चितवन क्षेत्र नं. २  बाट उम्मेदवारी दर्ता गराउने क्रममा नेपाली कांग्रेसका उम्मेदवार मिनाकुमारी खरेल । तस्बिर : सनद अधिकारी/रासस

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार बेँसीसहर नगरपालिका-८ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लमजुङबाट उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धर्म केसी भेटघाट गर्नुहुँदै । तस्बिर : जनक श्रेष्ठ/रासस

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार जनकपुरधाम उपमहानगरपालिका-४ स्थित निर्वाचन अधिकृतको कार्यालयमा धनुषाको निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराउनुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिश झा । तस्बिरः चन्दन ठाकुर /रासस

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार निर्वाचन अधिकृतको कार्यालय काठमाडौँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ६ तारकेश्वर नगरपालिका धर्मस्थलीबाट उम्मेदवारी दर्ता गराउने क्रममा नेपाली कांग्रेस  पार्टीका तर्फबाट उम्मेदवार कृष्ण सबुज बानियाँ । तस्बिर : हरिराम भेटुवाल/ रासस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार चितवन क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउँदै नेपाली कम्युनिष्ट पार्टी उम्मेदवार रेनु दाहाल । तस्बिरः सनद अधिकारी/रासस

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता सागर ढकाल गुल्मीको क्षेत्र नं १ मा  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  उम्मेदवारी दर्ता गर्नुहुँदै । तस्बिरः  जनार्दन घिमिरे/रासस

म्याग्दीको बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता गराउनुहुँदै पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा महावीर  पुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी घर भएका पुनले मन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । तस्बिरः सन्तोष गौतम/रासस

 

माघ ७, २०८२ बुधबार ०९:२८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।