काठमाडौं–२ मा राप्रपाबाट कुन्ती देवीको उम्मेदवारी

काठमाडौं–२ मा राप्रपाबाट कुन्ती देवीको उम्मेदवारी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्ती देवी पोखरेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन्।

मंगलबार निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराइन्। मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले आफू धर्म, संस्कृति र राष्ट्रियताको रक्षाका साथै जनताको सेवाका लागि दृढ संकल्पित भएर चुनावी मैदानमा उत्रिएको बताइन्।

पोखरेलले काठमाडौं–२ का मतदाताले यसपटक जिम्मेवार र भरोसायोग्य नेतृत्व खोजिरहेको भन्दै  क्षेत्रको विकास निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्यालाई नजिकबाट बुझेको दाबी गरिन्।

मनोनयन दर्ताका क्रममा राप्रपाका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थिति थियो। उनीहरूले पोखरेलको समाजसेवी छविका कारण यसपटक काठमाडौं–२ मा राप्रपाको स्थिति बलियो रहेको दाबी गरे।

माघ ६, २०८२ मंगलबार १७:२७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।