कांग्रेस अझै उम्मेदवार छनोटमै व्यस्त, १५५ क्षेत्रमा टुंग्यायो नाम (सूचीसहित)
काठमाडौं : देशभर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता भइरहँदा नेपाली कांग्रेसले अझै सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउन सकेको छैन।
विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको वर्तमान कार्यसमितिले हालसम्म १५५ निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारको नाम टुंगो लगाएको छ।
कुल १६५ निर्वाचन क्षेत्रमध्ये १० क्षेत्रमा भने अझै उम्मेदवारको नाम खाली राखिएको छ। मनोनयन दर्ताको समय घर्कँदै जाँदा बाँकी रहेका क्षेत्रमा सहमति जुटाउन कांग्रेसको संसदीय बोर्ड निरन्तर छलफलमा रहेको सचिवालयले जनाएको छ।
कैलाली-४, पर्सा- २, सर्लाही- ४, काठमाडौं- १, काठमाडौं- २, काठमाडौं- ६, काठमाडौं- ७, चितवन- १, मुस्ताङ- १ मा उम्मेदवार टुंगिन अझै बाँकी छ। सूचिमा खालि रहेका यी क्षेत्रमा सहमति खोज्ने प्रयास भइरहेको छ। नाम टुंगिएका क्षेत्रमा उम्मेदवारहरूले मनोनयन दर्ता अघि बढाएका छन्।





माघ ६, २०८२ मंगलबार १४:३०:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।