काठमाडौं-१ बाट रवीन्द्रको मनोनयन दर्ता
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले काठमाडौं- १ बाट आफ्नो मनोनयन दर्ता गराएका हुन्।
यसअघि काठमाडौं- १ बाट दुई पटक चुनावी प्रतिस्पर्धा गरेका मिश्रले जित दर्ता गर्न सकेका छैनन्। २०७९ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग मात्र १२५ मतको अन्तरले पराजित भएका थिए।
यसअघि २०७४ सालमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बन्दा पनि उनी सिंहसँगै ८१८ मतले पछि परेका थिए।



माघ ६, २०८२ मंगलबार १३:२०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।