प्रदेश छाडेर संघ ताक्दै दुई पूर्वमन्त्री: मास्की र चौधरीले दिए पदबाट राजीनामा

प्रदेश छाडेर संघ ताक्दै दुई पूर्वमन्त्री: मास्की र चौधरीले दिए पदबाट राजीनामा

बुटवल : लुम्बिनी प्रदेशसभाका दुई सांसदले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा लड्नका लागि राजीनामा दिएका छन्। 

नेपाल कम्युनिस्ट पार्टीका धनबहादुर मास्की र नेकपामा समाहित भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद धर्मबहादुर चौधरीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन। 

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले दुवै सांसदले पदबाट राजीनामा दिएको पत्र संसद सचिवालयमा प्राप्त भएको जानकारी दिए। मास्की आगामी निर्वाचनमा दाङ- ३ मा नेकपाबाट उम्मेदवारी दिँदैछन्।

त्यस्तै चौधरी बर्दिया- २ बाट उम्मेदवार बन्दैछन्। पाँच वर्ष काम गर्ने बाचासहित प्रदेशसभामा विजयी भएका दुवै जना प्रदेशसभाबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य बन्न राजीनामा दिएका हुन्।

मास्की गठबन्धनको उम्मेदवार बनेर दाङ ३ (२) बाट निर्वाचित भएका थिए। उनी लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए।

चौधरी यसअघि नाउपाबाट बर्दिया २ (२) बाट निर्वाचित भएका थिए। तर नाउपा प्रचण्ड नेतृत्वको नेकपामा समाहित भएपछि उनी भने कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा लागे। 

उनी उज्यालो नेपाल पार्टीका महासचिवसमेत हुन्। उनी प्रदेशसभामा नउपाबाट भौतिक पूर्वाधार मन्त्रीसमेत बनेका थिए। 

माघ ६, २०८२ मंगलबार ०९:४८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।