टी-२० विश्वकप मर्चेन्डाइजमा एनसेल र भाटभटेनीको २० प्रतिशत छुट
काठमाडौं : एनसेल र भाटभटेनी सुपरमार्केटले 'टी-२० पुरुष क्रिकेट विश्वकप २०२६' को आधिकारिक मर्चेन्डाइज खरिदमा २० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन्।
नेपाली क्रिकेट टोलीप्रति ऐक्यबद्धता जनाउन दुई संस्थाले संयुक्तरूपमा यो सहुलियत योजना ल्याएका हुन्।
अफरअन्तर्गत एनसेलका ग्राहकले करसहित २९९ वा सोभन्दा माथिको डेटा वा कम्बो प्याक खरिद गर्दा एसएमएसमार्फत 'प्रोमोकोड' प्राप्त गर्नेछन्। उक्त कोडलाई भाटभटेनीको अनलाइन स्टोरमा चेकआउट गर्दा प्रयोग गरी आधिकारिक जर्सी, रेप्लिका जर्सी, ट्रयाकसुट र क्यापमा छुट पाउन सकिनेछ।
एनसेल एप, सेन्टर वा आधिकारिक पसलहरूबाट प्याक खरिद गरी सहभागी हुन सकिने यो योजना २०८२ चैत १७ (३१ मार्च २०२६) सम्म वा स्टक रहुन्जेल लागु हुनेछ। प्राप्त प्रोमोकोड उपहार स्वरूप अन्य व्यक्तिलाई समेत दिन सकिने कम्पनीले जनाएको छ।
माघ ५, २०८२ सोमबार १८:५३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।