नेपालमा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स सुरु
काठमाडौं : टिभिएस मोटर कम्पनीले नेपालमा 'टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स (ARE GP)' सुरु गरेको छ। टिभिएस अपाचे सिरिजको २० वर्ष पुगेको अवसरमा सातुङ्गलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा यसको पहिलो छनोट चरण सम्पन्न भयो।
प्रतियोगितामा ६० जना राइडरहरूले १६० सीसी र २०० सीसी विधामा प्रतिस्पर्धा गरे। सहभागीहरूलाई टिभिएस रेसिङ च्याम्पियनहरूले प्रशिक्षण दिएका थिए। व्यावसायिक रूपमा डिजाइन गरिएको १० वटा मोड भएको ट्र्याकमा सबैभन्दा छिटो 'ल्याप टाइम' निकाल्ने राइडरहरूको प्रदर्शनका आधारमा विजेता छनोट गरियो।
दुवै विधाका शीर्ष तीन विजेताहरूलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार र विशेष 'टिभिएस मोटर राइडिङ गियर' प्रदान गरियो। यी विजेताहरूले अप्रिल २०२६ मा भारतको चेन्नईस्थित 'मद्रास इन्टरनेसनल सर्किट (MIC)' मा हुने एआरई जीपी (ARE GP) को ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।
सन् २००७ बाट सुरु भएको यो च्याम्पियनसिप २०२५ मा नेपाल, मेक्सिको र कोलम्बियासहित अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिएको हो। जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले यो प्लेटफर्मले नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने अवसर दिने बताए।
माघ ५, २०८२ सोमबार १८:११:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।