गगनसँग सहकार्यबारे कुनै निर्णय नभएको शेखर समूहको दाबी
काठमाडौं : डा. शेखर कोइरालाको सचिवालयले निर्वाचन आयोगबाट मान्यता पाएको नेपाली कांग्रेसका सभापति गगन थापासँगको सहकार्य गर्ने निर्णय नभएको दाबी गरेको छ।
कोइरालाको सचिवालयले सभापति थापासँग मिलेर जाने निर्णय नभएको र यो सत्य नभएको उल्लेख गरेको छ। विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिका कसैले कुनै पनि माध्यमबाट नेता कोइरालासँग सम्पर्क र कुराकानी नगरेको शेखर सचिवालयको दाबी छ।
माघ ५, २०८२ सोमबार १५:१२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।