सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, चाँदी पनि महँगियो

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, चाँदी पनि महँगियो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले सोमबार नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा ४ हजार २०० रुपैयाँले बढेको हो।

यो वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।

महासंघका अनुसार आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।

माघ ५, २०८२ सोमबार ११:३८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।