होटल फरेष्ट इनको आइपिओ आजदेखि खुला
काठमाडौं : होटल फरेष्ट इन लिमिटेडले आइतबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका प्राथमिक सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले नेपाल धितो पत्र बोर्डबाट गत पुस २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ता सेयरसम्मका लागि आवेदन दिन सक्नेछन्। यस आइपिओको आवेदन प्रक्रिया छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहनेछ।
आवेदकहरूले नेपाल धितो पत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको भूमिकामा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर वितरण गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने जनाएको छ।
माघ ४, २०८२ आइतबार १०:२०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।