चक्रे मिलन र अमित लामाले सांसदको टिकट पाउँदा योगेशको होल्ड

चक्रे मिलन र अमित लामाले सांसदको टिकट पाउँदा योगेशको होल्ड

काठमाडौं : आपराधिक पृष्ठभूमिका दुई जना मिलन गुरुङ उर्फ चक्रे मिलन र अमित लामाले गोरखा र काभ्रेबाट एमालेको सांसदको टिक पाउँदा योगेश भट्टराई, ठाकुर गैरे जस्ता नेताले टिकट पाएनन्।

शनिवार मध्यरात भएको निर्णयमा गोरखा २ बाट आपराधिक पृष्ठभूमिका चक्रेले सांसदको टिकट पाए। चक्रे विभिन्न अपराधमा जेल परेका पात्र हुन्। यता काभ्रे १ मा अमित लामाले टिकट पाएका छन्। उनको विगत पनि सफा छैन।

युवा नेता योगेश भट्टराइले भने टिकट पाएका छैनन्। ताप्लेजुङमा उनको निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लागेको छैन। अध्यक्षले निर्णय गर्नेगरि होल्डमा राखिएको छ। 

उता रुपन्देही २ बाट उम्मेदवार बन्दै आएका विष्णु पौडेलले सो क्षेत्र छाडेर पाल्पा २ लगेपछि ठाकुर गैरेको टिकटै काटियो।

गोकुल बास्कोटाको काभ्रे २ पनि होल्डमा राखिएको छ। ईश्वर पोखरेल उम्मेदवार बन्दै आएको काठमाडौँ ५ र राजन भट्टराई उम्मेदवार बन्दै आएको काठमाडौं ४ पनि होल्डमा छ।

माघ ४, २०८२ आइतबार ०१:०४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।