११ एसएसपीको सरुवा, उपत्यका अपराध र विमानस्थलको प्रमुख बदलिए

११ एसएसपीको सरुवा, उपत्यका अपराध र विमानस्थलको प्रमुख बदलिए

काठमाडौं : गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल प्रहरीका ११  एसएसपीको सरुवा गरेका छन्। शनिवार सार्वजनिक भएको सूची अनुसार उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयमा सन्तोष खड्का आएका छन्। कार्यालयका रमेश कुमार बस्नेतको उपत्यका शान्ती सुरक्षा महाशाखामा सरुवा भएको छ।

सरुवा हुने अन्यमा केदार खनाल, दीपक पोखरेल, दीप शमशेर जबरा, नान्ती राज गुरुङ, विमल राज कँडेल, महेन्द्र खड्का, श्याम कुमार महतो, वसन्त रजौरे,  र सोमेन्द्र सिंह राठोर छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत सोमेन्द्र सिंह राठोरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा भएका छन्।  प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत वसन्त रजौरे विमानस्थलमा पुगेका छन्। केदार खनाल प्रदेश प्रहरी कार्यालय कास्कीमा पुगेका छन्। दीप शमसेरको प्रहरी महानिरीक्षक सचिवालयमा सरुवा भएको छ।

प्रहरी नियमावली अनुसार प्रहरीको डिआइजी र एसएसपीको सरुवाको अधिकार गृहमन्त्रीमा रहेको छ। प्रहरी महानिरीक्षकले एसपीसहितका तलका दर्जाको सरुवा गर्न सक्छन् भने एआइजीको सरुवा मन्त्रीपरिषद्ले गर्छ।

माघ ३, २०८२ शनिबार २१:५०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।