मलैसा आचार्य बनिन् फेस अफ एसवाईको एम्वेसडर
काठमाडौँ : एसवाई इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा भएको फेस अफ एसवाई २०८२ (ब्रान्ड एम्बेसडर हन्ट) मा मलैसा आचार्य छनौट भएकी छिन्। दुई करोड रुपैयाँ पुरस्कार रहेको यो नेपालकै पहिलो ठूलो ब्रान्ड एम्बेस्डर हन्ट भएको आयोजकले दाबी गरेका छन्।
महिला पुरुष दुवै क्याटगरीबाट एम्बेसडरको प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धाबाट फस्ट रनर अपमा सारा लामा र सेकेन्ड रनर अपमा अपि योन्जन छनौट भए। कार्यक्रमबाट टाइटल विनरलाई ५ लाख र एक करोड बराबरको एक वर्षको कन्ट्याक्ट गरिएको छ। प्रतियोगिताबाट उत्कृष्ट फस्ट रनरअपलाई चार लाख र ५० लाख बराबरको कन्ट्याक्ट गरिने छ। सेकेन्ड रनरअपलाई तीन लाख नगद पुरस्कारका साथै ३० लाख बराबरको कन्ट्याक्ट हुने आयोजकले बताएका छन्।
बाँकी उत्कृष्ट सात जनालाई पपुलारिटी अवार्ड वापत प्रति व्यक्ति डेढ-डेढ लाख रकम दिइने छ।
एसवाई बजार नेपालका निर्देशक विमलराज गोसाईं लुकेर बसेको प्रतिभा पहिचान गरेर ब्रान्ड एम्वेसडर बनाउन प्रतियोगिता गरिएको बताए। कार्यक्रमबाट कम्पनीका लागि मुख्य तीन जना ब्रान्ड एम्वेसडरहरु छनौट गरियो।
माघ ३, २०८२ शनिबार २१:२६:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।