पार्टी एकताको पक्षमा उभिन नेपाली कांग्रेसको आह्वान

पार्टी एकताको पक्षमा उभिन नेपाली कांग्रेसको आह्वान

काठमाडौं : नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिले एकता र सद्भाव कायम राख्दै पार्टी सुदृढीकरणमा लाग्न नेता कार्यकर्ताहरूलाई आह्वान गरेको छ।

निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएपछि शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटलमा बसेको केन्द्रीय समितिको बैठकले पार्टी एकताको पक्षमा उभिन आह्वान गरेको हो। 

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आभार प्रकट गरेको छ। उनका अनुसार बैठकले अबका दिनमा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा गरेको छ।

चालिसेले भने, "हामीले उहाँको अभिभावकीय भूमिका निरन्तर रहिरहनेछ भन्ने विश्वास गरेका छौं। यो बैठकले उहाँको योगदानको सम्मान गरेको छ। उहाँ लगायत अन्य अग्रज नेताहरूलाई पनि पार्टीलाई अझै बलियो बनाउनको लागि महत्त्वपूर्ण योगदान पुर्याउनुहुन्छ भन्ने विश्वास व्यक्त गरेका छौं।"

अबको कार्यदिशा निर्वाचन केन्द्रित हुने बताउँदै उनले तत्काल संसदीय बोर्डको बैठक बसेर निर्वाचनका गतिविधिमा केन्द्रित हुने जानकारी दिए। 
 

माघ ३, २०८२ शनिबार १४:५५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।