प्रतिनिधि सभा निर्वाचन लड्ने सञ्चारमन्त्री खरेलको घोषणा
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खरेलले चुनावपछि बन्ने संसद् र सरकारमा आफ्नो सहभागिता रहने इच्छा व्यक्त गरे।
उनले भने, ‘चुनावपछि बन्ने संसद् र सरकारमा मेरो पनि चाहना छ। कतै न कतैबाट मिडियाको प्रतिनिधित्व हुने गरी त्यो संसद् र सरकारमा उपस्थिति होस् भन्ने मेरो चाहना हो।’
मन्त्री खरेलले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने दाबी समेत गरे। उनले आगामी निर्वाचनमा परिवर्तनको मर्मअनुरूप योग्य र सक्षम व्यक्तिलाई नेतृत्वमा पुर्याउन सबैलाई आग्रह गरे।
माघ ३, २०८२ शनिबार ११:५८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।