रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, चुनावबारे छलफल हुने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। पार्टी सभापतिको निर्देशन अनुसार आइतबारका लागि बैठक बोलाइएको हो।
वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो २ बजे सुरु हुनेछ। बैठकमा उपस्थितिका लागि सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई अनिवार्य निर्देशन दिइएको छ।
पार्टीले आगामी निर्वाचनलाई मुख्य एजेन्डा बनाएको छ। सार्वजनिक कार्यसूची अनुसार बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को उम्मेदवार छनोटको विषयमा विस्तृत छलफल हुनेछ।
बैठकले आगामी निर्वाचनको रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
माघ ३, २०८२ शनिबार ०७:४२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।