कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

ललितपुर : निर्वाचन आयोगबाट नेपाली कांग्रेसको नयाँ कार्यसमितिले मान्यता पाएपछि विशेष महाधिवेशनको विपक्षमा रहेको शेरबहादुर देउवा पक्षले तत्कालीन केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।

आयोगबाट कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्षले शनिबार बिहान आट बजेका लागि बैठक आह्वान गरेको हो। बैठक पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ। यसका साथै सातै प्रदेशका कार्यसमिति सभापतिहरूलाई समेत बैठकमा अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।

देउवा पक्षले सेटिङको आधारमा निर्वाचन आयोगबाट निर्णय आएको भन्दै यसको विरुद्धमा वैधानिक, कानुनी र राजनीतिक सबै क्षेत्रबाट लडाइँ गर्ने बताएको छ। षड्यन्त्रपूर्ण रूपमा पार्टीको विधान मिचेर आयोगबाट निर्णय आएको भन्दै कांग्रेसको यसअघिको संस्थापन समूहले आयोगको निर्णय अस्वीकार गर्ने जनाएको छ।

माघ २, २०८२ शुक्रबार २१:५३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।