पूर्णबहादुरले भने : सेटिङमा निर्णय आयो, अब वैधानिक राजनीतिक दुवै लडाई लड्छौँ

पूर्णबहादुरले भने : सेटिङमा निर्णय आयो, अब वैधानिक राजनीतिक दुवै लडाई लड्छौँ

काठमाडौं : नेपाली कांग्रेसको संस्थापक समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले धेरै अगाडिबाट भएको सेटिङको आधारमा निर्वाचन आयोगबाट निर्णय आएको भन्दै यसको विरुद्धमा वैधानिक, कानुनी र राजनीतिक सबै क्षेत्रबाट लडाइँ गर्ने बताए।

उनले षड्यन्त्रपूर्ण रूपमा पार्टीको विधान मिचेर आयोगबाट निर्णय आएको भन्दै उनले शुक्रवार गगन थापा समूहको विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय धेरै अगाडिदेखिको सेटिङमा आएको आरोप लगाए। आयोगले संस्थापन पक्षलाई एक पटक नबोलाई आयोगको निर्णय प्रक्रिया विपरीत षड्यन्त्रपूर्ण निर्णय आएको बताए।

उनले पार्टीले यो निर्णय अस्वीकार गर्दै अबको बाटो पार्टीको बैठक बसेर निर्णय गर्ने बताए। शुक्रवार दिउस पत्रकार सम्मेलन गर्दै खड्काले आयोगले अन्यथा निर्णय गरेर सडकमा आउन तयार रहन भातृ सङ्गठनसहित पार्टी निकायलाई निर्देशन दिएका थिए।

माघ २, २०८२ शुक्रबार २०:३४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।