आफ्नो समूहले मान्यता पाएपछि विश्वप्रकाशले भने "अब गगनलाई प्रधानमन्त्री बनाउने संकल्प गरेर जाउँ"
काठमाडौं : बहुमतको आधारमा निर्वाचन आयोगबाट मान्यता पाएपछि विश्वप्रकाश शर्माले अब निर्वाचनमा गएर नेपाली कांग्रेसलाई बहुमत ल्याउने बनाउन आग्रह गरे। आयोगको निर्णयसँगै उनले फेसबुकमा लाइभ गर्दै भने "अब जो जति लोकप्रिय भए पनि नेपाली कांग्रेसबाट एक जना दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नसक्ने" बताए।
उनले यसका लागि पाँच वर्षसम्म एकै प्रधानमन्त्री हुने पद्धतिको निर्माण गर्नुपर्ने भन्दै उनले यसका लागि पार्टीका सबै पक्ष एकजुट भएर निर्वाचनमा सहभागी हुनुपर्ने बताए। उनले अब अस्थिरतालाई भत्काउन माघ ६ गतेको उम्मेदवारी दिएपछि सबै दलहरू बसेर बलियो सरकार र पाँच वर्षको प्रधानमन्त्री बनाउनेबारे साझा धारणा बनाउन आग्रह गरे।
उनले पार्टीको तर्फबाट अब पार्टी सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने संकल्प गरेर निर्वाचनमा संलग्न हुन आग्रह गरे।
माघ २, २०८२ शुक्रबार २०:२६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।