निर्वाचन आयोगले गगन थापा समूहलाई दियो मान्यता, आयुक्त जानकी विपक्षमा
काठमाडौं : नेपाली कांग्रेसको विवादमा निर्वाचन आयोगले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको गगन कुमार थापा समूहलाई मान्यता दिने निर्णय गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र *आयुक्त सगुन शमशेर राणाले पक्षमा र जानकी तुलाधरले विपक्षमा उभिइन्। बहुमतले थापाको पक्षमा निर्णय गर्यो। थापा पक्षले दलको विवरण अद्यावधिक गर्न बिहीबार आयोग पुगेर निवेदन दिएका थिए।
आज शुक्रबार कांग्रेसको संस्थापन पक्ष आयोग गएर अन्यथा निर्णय नगर्न आग्रह गर्दै आफ्नो पक्षको प्रमाण बुझाएको थियो। दिउस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर आयोगबाट अन्यथा निर्णय भए आन्दोलन गर्न भातृ संगठनलाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्देशन दिएका थिए।
अहिले निर्वाचन आयोग अगाडि दुबै पक्षका समर्थक नाराबाजीमा संलग्न छन्। आयोगको निर्णय सार्वजनिक भए लगत्तै संस्थापन पक्षले आयोग विरुद्ध नाराबाजी गरिरहेका छन्।
*आयुक्त तुलाधर विपक्षमा हुनुपर्नेमा पक्षमा भएकाले सच्याइएको छ।
माघ २, २०८२ शुक्रबार १९:४२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।