एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल

काठमाडौं : एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेका बैंकिङ्ग, गैर-बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रियालाई सहज र पारदर्शी बनाउन नयाँ अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

बैंकले एक प्रेस विज्ञप्ति जारी गरेर www.auctionassistance.nicasiabank.com नामक पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिएको हो।

पोर्टलमा लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो र नक्सा लगायतका महत्त्वपूर्ण विवरणहरू हेर्न सकिने बैंकले जनाएको छ। साथै, सम्पत्ति रहेको स्थान (लोकेसन) यकिन गर्नका लागि पोर्टलमा गुगल म्यापको सुविधा समेत एकीकृत गरिएको छ।

सम्पत्तिबारे थप जानकारी लिन चाहेमा सोही पोर्टलमा उपलब्ध ‘म्यासेज बक्स’ मार्फत आफ्नो विवरण राखी बैंकलाई सिधै सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र रावलका अनुसार, बैंकले यस अनलाइन पोर्टलमा लिलाम बिक्री सम्बन्धी नयाँ सूचनाहरू नियमित रूपमा अपडेट गर्नेछ। 

माघ २, २०८२ शुक्रबार १९:१५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।