एमालेद्वारा राजधानी विशेष कमिटीको घोषणा
काठमाडौं : एमालेको संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा गरिएको छ।
शुक्रबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा उक्त कमिटीको घोषणासहित आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको विशेष अभियान सुरु भइसकेको छ।
एमालेको गत भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनले काठमाडौं उपत्यकालगायत जिल्ला कमिटीलाई समेटेर प्रदेशस्तरको सङ्गठन कमिटी गठनको व्यवस्था गरेको थियो। उक्त व्यवस्थाअनुसार एमालेको यही पुस २२ गतेको सचिवालय बैठकले नारायण सिलवाल (काठमाडौं)को नेतृत्वमा पदाधिकारी तोकेको थियो।
कमिटीको पदाधिकारीमा उपाध्यक्ष प्रेम महर्जन (ललितपुर), सचिव मिलन धरेल (उपत्यका विशेष), उपसचिवद्वय शशिजङ्ग थापा (भक्तपुर) र वेलिमाया घले (काठमाडौं) रहेका छन्। सो कमिटीको इञ्चार्जमा पार्टीका सचिव डा राजन भट्टराई तोकिएका छन्।
माघ २, २०८२ शुक्रबार १८:०३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।