काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेद्वारा राजीनामा, सांसद लड्ने तयारी

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेद्वारा राजीनामा, सांसद लड्ने तयारी

काठमाडौं : काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष राजीनामा पत्र बुझाएका हुन्।

पाण्डेले ‘घरायसी कारण’ देखाउँदै राजीनामा दिएको बताइए पनि उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेको स्रोतले जनाएको छ। उनको राजीनामा माघ ४ गतेदेखि लागू हुने गरी बुझाइएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नका लागि उनले पद त्याग गरेको बुझिएको छ। उनी काठमाडौंको कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्।

यसअघि पाण्डेले महानगर प्रमुख बालेन शाहले राजीनामा दिनुअघि नै आफूले पद छाड्ने बताउँदै आएका थिए। काठमाडौंका मेयर बालेन शाह पनि झापाबाट प्रतिनिधिसभाको चुनाव लड्ने चर्चा चलिरहेको सन्दर्भमा नगर प्रहरी प्रमुखको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

माघ २, २०८२ शुक्रबार १४:२३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।