सुन र चाँदीको मूल्य बढ्यो, तोलाको २ लाख ७७ हजार नाघ्यो
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो।
तथ्याङ्क अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि माघ १ गते सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ रहेको थियो।
यस्तै, आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १ सय ६० रुपैयाँले बढेको छ।
माघ १ गते प्रतितोला ५ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज (माघ २ गते) बढेर ५ हजार ६४५ रुपैयाँ पुगेको छ।
माघ २, २०८२ शुक्रबार ११:१२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।