धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’, गाडी किन्दा ‘लाइफ टाइम’ निःशुल्क चार्जिङ

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’, गाडी किन्दा ‘लाइफ टाइम’ निःशुल्क चार्जिङ

धनगढी : टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा ‘माघी एक्सचेन्ज उत्सव’ सुरू गरेको छ।

माघ १ देखि ३ गतेसम्म धनगढीको बोराडाडीस्थित ‘गास ट्रेडिङ’ मा सञ्चालन हुने यो मेलामा टाटाका टियागो, कर्भ, नेक्सन र पञ्च ईभी लगायतका अत्याधुनिक मोडलहरू प्रदर्शनी तथा टेस्ट ड्राइभका लागि राखिएका छन्।

कम्पनीले चाडपर्वको अवसरमा गाडी साट्न वा नयाँ किन्न चाहने ग्राहकका लागि विशेष प्याकेज ल्याएको छ।

उत्सव अवधिभर बुकिङ गर्ने ग्राहकले सिप्रदीको चार्जिङ नेटवर्कमा ‘लाइफ टाइम’ निःशुल्क चार्जिङ, आकर्षक एक्सचेन्ज बोनस र एक्सेसरिज दिने बताएका छन्।

निःशुल्क चार्जिङ बक्स  र एभीटी तथा हरेक बुकिङमा आकर्षक उपहार रहेको कम्पनीले जनाएको छ।

यो योजनाले ग्राहकलाई आधुनिक र किफायती विद्युतीय सवारी साधन छनोट गर्न सहज हुने कम्पनीको विश्वास छ।

माघ २, २०८२ शुक्रबार ११:०४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।