पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोल ३ र डिजेल १ रुपैयाँ सस्तियो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।
निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १ सय ५६ रुपैयाँमा खरिद गर्न पाउनेछन्। त्यस्तै, डिजेल र मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ कायम भएको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट माघ १ गते प्राप्त नयाँ खरिद मूल्यसूचीमा भाउ घटेर आएपछि निगम सञ्चालक समितिले स्थानीय बजारमा पनि मूल्य घटाउने निर्णय गरेको हो।
माघ २, २०८२ शुक्रबार ०७:२६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।