‘इन्स्योरेन्स डिस्कोर्श’को ब्राण्ड एम्बेस्डरमा अभिनेत्री सनिशा भट्टराई नियुक्त

‘इन्स्योरेन्स डिस्कोर्श’को ब्राण्ड एम्बेस्डरमा अभिनेत्री सनिशा भट्टराई नियुक्त

काठमाडौं : चर्चित अभिनेत्री सनिशा भट्टराई तेस्रो संस्करणको ‘इन्स्योरेन्स डिस्कोर्श’को ‘फेस अफ इन्स्योरेन्स’ (ब्राण्ड एम्बेस्डर) नियुक्त भएकी छन्।

बीमा क्षेत्रबारे जनचेतना जगाउन र बीमालाई जीवनको आधारभूत सुरक्षाको रूपमा स्थापित गर्ने उद्देश्यले उनलाई यो भूमिकामा ल्याइएको हो।

बैंकिङ्ग समाचार र न्यूज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा आगामी जनवरी २१, २०२६ मा हुने ‘इन्स्योरेन्स डिस्कोर्श’लाई बीमा क्षेत्रको नीतिगत बहसको मञ्च मानिन्छ। यस प्लेटफर्मले नीति निर्माता, नियामक, बीमा कम्पनी र आम नागरिकलाई एउटै मञ्चमा ल्याएर व्यावहारिक नीति सुधार र बजार विस्तारमा केन्द्रित हुँदै आएको छ।

ब्राण्ड एम्बेस्डर नियुक्त भएपछि अभिनेत्री भट्टराईले बीमालाई केवल वित्तीय सेवा मात्र नभई जीवनको जोखिम व्यवस्थापन र भविष्यको स्थायित्वको आधारका रूपमा व्याख्या गरिन्। उनले युवापुस्ता र सृजनशील क्षेत्रका व्यक्तिहरूलाई बीमाप्रति आकर्षित गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्।

अघिल्ला संस्करणका बहसहरूले बीमा क्षेत्रलाई राष्ट्रिय नीति र बजेटको प्राथमिकतामा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। आगामी तेस्रो संस्करणले बीमा क्षेत्रका वर्तमान चुनौती र भावी सम्भावनाबारे ठोस र परिणाममुखी निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।

माघ १, २०८२ बिहीबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।