विशेष महाधिवेशनको निर्णय बोकेर आयोग पुग्यो कांग्रेसको नयाँ कार्यसमिति
विशेष महाधिवेशनको विवरण अद्यावधिक गर्न गगन थापा नेतृत्वको टोली निर्वाचन आयोगमा
काठमाडौं : विशेष महाधिवेशनबाट चयन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकता दाबी गर्न नेताहरू निर्वाचन आयोग पुगेका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गराउन नवनिर्वाचित सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितको टोलीले कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेको छ।
टोलीले बुधबार राति काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको जानकारी आयोगलाई गराउँदै छ। उनीहरूले महाधिवेशनको निर्णय पुस्तिका र प्रक्रियागत कागजातहरू पेस गर्दै दलको विधानअनुसार नेतृत्व चयन भएकाले अभिलेख अद्यावधिक गरिदिन आग्रह गर्नेछन्।
आयोग जानुअघि बिहीबार बिहान ललितपुरको कुपण्डोलमा नवगठित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको थियो। बैठकले पार्टीको प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गरेको छ। बैठकले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै तत्काल आयोगमा दलको विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो।
माघ १, २०८२ बिहीबार १४:४८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।