तस्बिरमा हेर्नुस् विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको कांग्रेसको पहिलो बैठक

तस्बिरमा हेर्नुस् विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको कांग्रेसको पहिलो बैठक

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक ललितपुरमा बस्यो।

बुधबार सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाको नेतृत्वमा कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बैठक बसेको हो।

नवनिर्वाचित सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका पदाधिकारी र केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भए।

बैठकमा विशेष महाधिवेशनको समीक्षा गर्नुका साथै निर्वाचन आयोगमा दलको अभिलेख अद्यावधिक गर्न जाने विषयमा छलफल भयो।

एकातिर नयाँ कार्यसमितिको बैठक चलिरहँदा अर्कोतिर संस्थापन पक्षले भने गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई ५ वर्षका लागि निष्कासन गर्दै पार्टीको आधिकारिक वेबसाइटबाट उनीहरूको नाम र तस्बिर हटाएको छ।

तर, कारबाहीलाई बेवास्ता गर्दै थापा समूहले आफ्नो राजनीतिक सक्रियतालाई तीव्रता दिएको देखिन्छ। हेर्नुहोस् कुपण्डोलमा जारी बैठकका तस्बिरहरू:

माघ १, २०८२ बिहीबार १३:४४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।