नागरिक लगानी कोषद्वारा १३ प्रतिशत लाभांश पारित, सञ्चालकमा नारायणप्रसाद घिमिरे

नागरिक लगानी कोषद्वारा १३ प्रतिशत लाभांश पारित, सञ्चालकमा नारायणप्रसाद घिमिरे

काठमाडौं : नागरिक लगानी कोषले आफ्ना शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

कोषको बुधबार सम्पन्न ३१औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय विवरणहरू पनि स्वीकृत गरेको छ।

सभामा बोल्दै अध्यक्ष घिमिरेले स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेकाहरूलाई समेट्ने गरी ‘नागरिक पेन्सन योजना’ प्रवर्द्धन गर्ने र सरकारी प्राथमिकताका परियोजनामा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरे।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले डिजिटलाइजेशनमा जोड दिएको र लगानी विविधीकरणका लागि नीतिगत व्यवस्था गरेको जानकारी दिए।

उनले अधिक तरलताका कारण कोषको रकम परिचालनमा चुनौती रहेको भए पनि उत्पादनशील क्षेत्र र जलविद्युतमा लगानी अघि बढाइएको बताए।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कोषको खुद मौज्दात २ खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट नारायणप्रसाद घिमिरेलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।

माघ १, २०८२ बिहीबार १०:३१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।