एन आई सी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

एन आई सी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

काठमाडौं : एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक पदमा अनुपा प्रधान राजभण्डारी नियुक्त भएकी छन्।

उनी बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक चयन भएकी हुन्।

नवनियुक्त सञ्चालक राजभण्डारीले बैंकका सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन्।

बैंकिङ्ग क्षेत्रमा करिब तीन दशक लामो अनुभव संगाल्नु भएकी राजभण्डारीले बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेको छ।

यसअघि उनले तत्कालीन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हाल्नुभएको बैंकले जनाएको छ।

माघ १, २०८२ बिहीबार १०:०६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।