कांग्रेस सह-महामन्त्रीमा डिलादेखि उदयसम्म

कांग्रेस सह-महामन्त्रीमा डिलादेखि उदयसम्म

काठमाडौं: आइतबारदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले सह-महामन्त्रीमा डिलादेखि उदय शमशेर राणासम्म चयन गरेको छ।

सर्वसम्मत रूपमा महिलातर्फ डिला सङ्ग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुर सिंह लामा, खस आर्यतर्फ उदय शमशेर जबरा, मधेसीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढालाई चयन गरेको हो।

यस अगाडि सभापतिमा गगन थापा र महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।

पुष ३०, २०८२ बुधबार २३:४५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।