विशेष महाधिवेशनको हल रित्तै, चौरमा घाम तापेर सन्देश कुर्दै प्रतिनिधि

विशेष महाधिवेशनको हल रित्तै, चौरमा घाम तापेर सन्देश कुर्दै प्रतिनिधि

काठमाडौं : निर्वाचनको कार्यतालिका सार्वजनिक भए पनि एकपछि अर्को गर्दै मतदानको समय सारिरहेपछि विशेष महाधिवेशनका प्रतिनिधिहरू अहिले भृकुटीमण्डपमा वाल्ल परेर बसेका छन्। मंगलबार नै बन्द सत्र सकिएको छ। बुधवार बिहानैबाट मतदानको काय क्रम सुरु गर्ने भनिए पनि सहमतिको प्रयास भन्दै कार्यतालिका सरेको सर्यै छ।

उता पार्टीको केन्द्रीय कार्यालयमा संस्थापन र शेखर कोइराला पक्षधर केन्द्रीय नेताहरू केन्द्रीय समितिको बैठकमा बसेका छन्। यता महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा गायब छन्। अन्योलमा रहेका महाधिवेशन प्रतिनिधिहरू भने घाममा बसेर अब पार्टी के होला भन्ने बहसमा जुटेको देखिए।

केही प्रतिनिधि जे भए पनि पार्टी विभाजन गर्न नहुने पक्षमा देखिन्छन् भने केही भने अब विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर जानुपर्ने पक्षमा उभिएका देखिए।

पुष ३०, २०८२ बुधबार १६:२४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।