केन्द्रीय समिति बैठकमा पूर्णबहादुरले भने “दुवै महामन्त्रीले धोका दिए”
काठमाडौं : नेपाली कांग्रेसको कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन समितिले सहमतिमा नियमित महाधिवेशनको कार्य तालिका ल्याउँदा पनि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले धोका दिएको बताएका छन्।
भृकुटीमण्डपमा आइतबारबाट जारी विशेष महाधिवेशनबारे छलफल गर्न बुधवार बसेको केन्द्रीय समितिको बैठकमा खड्काले कार्यसम्पादन समितिले अवैधानिक भनेको विशेष महाधिवेशन गरेर दुवै महामन्त्रीले अवैधानिक काम गरेको बताए।
बैठकमा पछिल्लो समय सहमतिका लागि बनेको त्रिपक्षीय वार्ता समितिमा संस्थापन पक्षबाट रहेका रमेश लेखकले सहमतिका लागि धेरै प्रयास गर्दा पनि अहिलेसम्म समाधान हुन नसकेको बताएका थिए। पार्टी विभाजन रोक्न जति लचक भए पनि महामन्त्रीहरू सहमतिमा नआएको उनले ब्रिफिङ गरेका थिए।
पुष ३०, २०८२ बुधबार १५:३५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।