कांग्रेसको किचलो : सानेपामा केन्द्रीय समिति बैठक, भृकुटीमण्डपमा नयाँ निर्वाचन तालिका

कांग्रेसको किचलो : सानेपामा केन्द्रीय समिति बैठक, भृकुटीमण्डपमा नयाँ निर्वाचन तालिका
महाधिवेशनस्थलमा घाम तापेर बसेका प्रतिनिधीहरु। तस्बिर : दिपेश श्रेष्ठ।

काठमाडौं : पार्टीको संस्थापन पक्षलाई नयाँ प्रस्ताव पठाएको विशेष महाधिवेशन पक्षधरले सहमतिको प्रयास जारी राख्दै निर्वाचन कार्यतालिका पुन संशोधन गरेको छ। नयाँ कार्यतालिका अनुसार अब ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ। ८ बजेदेखि मतदान सुरु हुने नयाँ कार्यतालिकामा उल्लेख छ।

कार्यतालिका अनुसार उम्मेदवारको प्रथम नामावली प्रकाशन ४ बजे, उम्मेदवारमा दाबी-विरोध ४ देखि साढे ४ बजेसम्म, उम्मेदवारमाथिको दाबी विरोधमा छानबिन साढे ४ देखि ५ बजेसम्मलाई तोकिएको छ। उम्मेदवारी फिर्ता साढे ५ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली ६ बजे प्रकाशित गरी ८ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिकामा उल्लेख छ।

यता विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिरहँदा उता सानेपामा भने पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ। बैठकमा दुवै महामन्त्रीहरूले केन्द्रीय कार्यसम्पादन समितिले अवैध भनेको विशेष महाधिवेशन गरेको दाबी गरिरहेका छन्।

पुष ३०, २०८२ बुधबार १५:२६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।