टिभिएस रेसिङको रोमाञ्च अब नेपालमा, अपाचे रेसिङ एक्सपिरियन्सको आयोजना हुँदै

टिभिएस रेसिङको रोमाञ्च अब नेपालमा, अपाचे रेसिङ एक्सपिरियन्सको आयोजना हुँदै

काठमाडौं : नेपालको मोटरस्पोर्ट्स इतिहासमा कोसेढुङ्गा सावित हुँदै टिभिएस रेसिङले नेपालमै पहिलो पटक ‘अपाचे रेसिङ एक्सपिरियन्स जीपी’ आयोजना गर्ने भएको छ।

टीभीएस अपाचे सिरिजको २०औं वार्षिकोत्सवका अवसरमा यही जनवरी १७ (शुक्रबार) मा सतुंगलस्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा यो कार्यक्रम हुनेछ।

अपाचे मोटरसाइकलका मालिकहरूले व्यावसायिक प्रशिक्षकहरूबाट रेसिङ प्रविधि, कर्नरिङ, ब्रेकिङ र ट्र्याक राइडिङबारे प्रशिक्षण पाउनेछन्।

प्रतियोगिताका समग्र विजेताले भारतको चेन्नाईस्थित 'मद्रास इन्टरनेसनल सर्किट'मा हुने च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन्।

कार्यक्रममा राइडिङ सेसनका साथै खाना, पेय पदार्थ र मनोरञ्जनात्मक खेल स्टलहरू रहनेछन्।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले यो पहलले नेपालमा मोटरस्पोर्ट्स संस्कृति प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।

अपाचे राइडरहरूले टिभिएस नेपालको आधिकारिक सामाजिक सञ्जालमार्फत दर्ता गर्न सक्नेछन्। सिट सङ्ख्या सीमित गरिएको छ।

पुष ३०, २०८२ बुधबार १४:१२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।